Logo

राष्ट्रिय चलचित्र पुरस्कारमा थपियो नगद राशी, एकैपटक तीन बर्षको पुरस्कार

चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर आगामी असार २७ मा राष्ट्रपति भवन सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ समारोह आयोजना गर्दैछ । उक्त कार्यक्रममा पछिल्लो तीन बर्ष (२०७३,०७४ र ०७५) तीनै बर्षको एकसाथ चलचित्र पुरस्कार बाडिँदैछ ।

समारोहलाई भव्य बनाउन तल्लिन वोर्डले यो पटक राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा सम्मानपत्र र अवार्डसँगै नगदराशी पनि व्यवस्था गर्ने भएको छ । विधागत रुपमा पुरस्कृत हुने फिल्मकर्मीलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ प्रदान गर्ने बताइएको छ ।भने अर्को बर्षबाट पुरस्कार राशी बढाएर ५१ हजार बनाउने घोषणा अध्यक्ष केशव भट्टराईले गरेका छन् । वोर्डको बैठकबाटै यो कुरा पारित भएको छ ।

उक्त कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन विभिन्न कलाकारहरुले नृत्य र सांगितिक प्रस्तुति दिने भएका छन् । जसको लागी अग्रजदेखि नयाँ पुस्ताका कलाकारहरु यतिबेला तयारीमा व्यस्त छन् । नृत्य निर्देशकहरु कविराज गहतराज, बसन्त श्रेष्ठ र राजु शाहले प्रस्तुति दिने कलाकारहरुलाई रिहर्सल गराइरहेका छन् ।

Comments