Logo

प्रकाश सपुतले स्विकारे ‘गलबन्दी’मा शम्भुको संगीत, सहमतिमा विवाद मिल्यो

पछिल्लो समयको सर्वाधिक चर्चाको गीत ‘गलबन्दी’मा पुराना सर्जक सम्भु राईको गीत ‘आउ नाचौं साथी हो कम्मर कसेर’ बोलको गीतको संगीत जुधेको भन्ने तर्कले सामाजिक सञ्जालमा तहल्का मच्चायो । संगीत मिलेको कुरा विवादित बन्दै जाँदा चोरीको आरोपदेखि जातिय कुरा समेत सामाजिक सञ्जालमा चर्चामा आए ।

अन्ततः यो विवाद सहमतिमा मिलेको छ । ‘गलबन्दी’ गायक, संगीतकार प्रकाश सपुत र सम्भु राईले सहमतीपत्रमा हस्ताक्षर गर्दै विवाद टुङ्गाएका छन् । प्रकाशले लय मिलेको स्विकार गर्दै गीतको संगीत क्रेडिटमा सम्भु राई थप्न तयार भएका छन् । जहाँ अब पुनः संगीत प्रकाशको लेखिनेछ । अब युट्युवमा ‘इडिट’ गरी यो लाइन थपिनेछ ।

यस्तै ‘गलबन्दी’ गीतको सबै आर्थिक अधिकारमा भने सम्भुले दाबी नगर्ने र रोयल्टीदेखि प्रतिलिपी अधिकार सबै प्रकाशको रहने पनि सहमती भएको छ भने विवादपछि सम्भुले विभिन्न निकायमा न्यायको गुहारमा पेस गरेका सबै निवेदन फिर्ता लिने पनि सहमती भएको छ ।

सहमतिपत्रः

Comments