Logo

बर्बादीको सन्देश बोल्दै भिमफेदीले भन्यो ‘ए सरकार’ (भिडियो)

देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीति भिडियो ‘ए सरकार’ सार्वजनिक भएको छ। साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीतमा विकास पाण्डेको संगीत तथा गायक देवेन्द्र कार्कीको आवाज रहेको छ।

सरकार र पहुँचमा रहेका व्यक्तिहरुले आफन्त र नातेदारलाई राम्रो स्थानमा जागिर लगाएको भन्दै कटाक्ष प्रहार गरिएको छ। गीतले सरकार प्रतिको चरम वितृष्णा र खबरदारीलाई एकसाथ समेटिएको छ।
भिमफेदी गाइजको अभिनय रहेको भिडियोमा देशको विकृती र विसंगतीलाई कलात्मक शैलीमा देखाइएको छ।

भिडियोलाई भिमफेदी गाइजका निर्मलले निर्देशन गरेका हुन्। पवन शुस्लिङको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा ऐतिहासिक मकवानपुर गढी दरबारलाई देखाइएको छ।

https://youtu.be/DBKT3lBy_5g

Comments