Logo

युट्युवमा ‘नाई नभन्नु ल ५’ नम्बर वान, तर दर्शकले के लेखे ?

गत बर्षको भदौमा रिलिज भएको फिल्म ‘नाई नभन्नु ल ५’ ले दर्शकको राम्रै मन जित्यो । बक्सअफिसमा सफल बिजनेस पनि गर्यो । रिलिजको १ बर्ष पुग्नै लाग्दा यो फिल्म यसै साता युट्युव रिलिज गरियो । युट्युवमा पनि फिल्म हिट बनेको छ ।

इन्टरनेट रिलिजको तीन दिनमै फिल्म ५० लाख भ्यूजको नजिक छ । नेपाल ट्रेण्डिङको १ नम्बर सहित १ लाख बढि लाइक पाउँदा ११ हजार बढिले कमेन्ट गरेका छन् । तर सबै प्रतिक्रिया राम्रो भने पाएको छैन । धेरै दर्शकले राम्रो लेख्दै गर्दा केहिले भने बालप्रेमलाई पर्दामा गरिएको चित्रणप्रति असन्तुष्टि पोखेका छन् ।

अनुभव रेग्मी र सेड्रिना शर्माको बालप्रेम बोल्ने फिल्मलाई एक दर्शक कमेन्ट गर्छन्, ‘उमेर नपुगेका बच्चाहरुलाई यति गहिरो प्रेम गराउनु साह्रै अस्वभाविक लाग्यो ।’ यस्ता एकाध प्रतिक्रिया छोड्दा भने फिल्मले उत्कृष्ट कमेन्ट भेटिरहेको छ ।

अनुभव र सेड्रिनाको तारिफका शब्दहरुले अन्य कलाकार प्रियंका कार्की, स्वस्तिमा खड्का छायाँमा छन् । विकासराज आचार्यको निर्देशनमा बनेको यो फिल्म ‘नाइ नभन्नु ल’को पाँचौ सिरिज हो ।

हेर्नुहोस् पुरा फिल्मः

https://youtu.be/JwzGEpXiFII

Comments