Logo

‘धौलागिरी सांस्कृतिक समितिद्वारा ‘धौलागिरी श्रष्टा सम्मान’ घोषणा

पश्चिम नेपालको धौलागिरी क्षेत्र (साबिकको अञ्चल) बाट राजधानीलाई कर्मथलो बनाउँदै आएका कलाकर्मीहरुको छाता संगठन ‘धौलागिरी सांस्कृतिक समिति काठमाडौ’ नेपालले धौलागिरी क्षेत्रका श्रष्टाहरुलाई सम्मान गर्ने गर्ने भएको छ ।

‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन’ भन्ने मुल नाराका साथ समितिले कलासँग जोडिएका विभिन्न विधाका कर्मठ र बरिष्ठ व्याक्तित्वहरुलाई सम्मान गर्ने निर्णय गरेको हो । बरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा सङ्गीतकार शम्भुजित बाँस्कोटाको विशेष आतिथ्यतामा अन्य बिशिस्ट ब्यक्तिहरुको उपस्थितीमा बृहत कार्यक्रम आयोजना हुने हालै सम्पन्न बैठकले निर्णय गरेको छ ।

आगामी असार १४ गते काठमाडौंमा ‘श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम’ को आयोजना हुने समितिका अध्यक्ष कृष्ण समीप सुवेदीले बताए । सुवेदी आफैपनि पछिल्लो दशकदेखि सांगितिक क्षेत्रमा कृयाशिल व्याक्ति हुन् ।

शनिबार सम्पन्न समितिको बैठकले यसबर्ष देखि ‘धौलागिरी साधना सम्मान’ र ‘धौलागिरी युवा सम्मान’बाट कलाकारलाई सम्मानित गर्ने निर्णय गरेको सुवेदीले जानकारी दिए ।

यो बर्षको ‘धौलागिरी साधना सम्मान’ का लागी गायक जीवन शर्मा, खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई सम्मानित गरिने भएको छ भने ‘धौलागिरी युवा सम्मान’बाट पछिल्लो बर्षको बहुचर्चित गीत ‘सालको पातको टपरी हुनी’ गीतका लागि गायक कुलेन्द्र बिश्वकर्मा, सङ्गीतकार बसन्त थापा र गीतकार नबराज पन्त लाई सम्मान प्रदान गरिनेछ ।

धौलागिरी क्षेत्र बाहिरबाट एक चर्चित कलाकारलाई ‘धौलागिरी राष्ट्रिय सम्मान’ र धौलागिरी क्षेत्र भित्रैबाट एक जनालाई ‘धौलागिरी बिशेष सम्मान’ प्रदान गरिने समेत निर्णय भएको अध्यक्ष सुवेदीले बताए । उक्त विधाको सम्मान भने कार्यक्रमको दिन नै गरिनेछ । यो सम्मानले गण्डकी सभ्यता बचाउ महा अभियानमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा आयोजकको छ।

धान दिवसको पुर्ब सन्ध्यामा हुन लागेको उक्त कार्यक्रममा प्रवेश निः शुल्क रहनेछ भने विभिन्न कलाकारले सांस्कृतिक प्रस्तुती पनि दिनेछन् । आयोजक संस्थाले काठमाडौं उपत्यकामा बस्दै आएका सम्पुर्ण धौलागिरीबासी लगायत सुभेच्छुकहरुलाई कार्यक्रममा उपस्थित भइ सफलताको हकदार बन्न आह्वान पनि गरेको छ ।

Comments