Logo

सलमानको ‘भारत’ विरुद्ध विशेष अदालतमा मुद्धा !

भारत मात्र नभइ बलिउडले छुने र रिलिज हुने विश्वका हरेक ठाउँमा यतिबेला सुपरस्टार सलमान खान स्टारर फिल्म ‘भारत’को चर्चा छ । भारतमा बुधबार रिलिज हुन लागेको यो फिल्म नेपालमा भने शुक्रबारमात्रै रिलिज गर्ने अडान कसेको चलचित्र विकास वोर्डलाई जिल्ला अदालत काठमाडौंले रोक्यो । बुधबार नै रिलिजको बाटो खोलिदियो ।

उता भारतमा नै यो फिल्मको नाम विवादमा पर्दा विशेष अदालत दिल्लीमा मुद्धा पर्यो । तर हिजो अर्थात सोमबार नै अदालतले फिल्म निर्माण टिमको पक्षमा फैसला सुनायो । विकास त्यागीले ‘भारत’ देशको नाम रहेको र यो नाम कमर्सियल प्रपोजमा जोड्न नमिल्ने भन्दै फिल्मविरुद्ध मुद्धा दर्ता गरेका थिए ।

त्यागीको रिटमाथीको सुनुवाईमा न्यायाधिश द्वय जे आर मिधा र चन्दरसेखरको इजलासले फिल्मको ट्रेलर हेरेपछि कुनै गलत नभेटिएको भन्दै निर्माण टिमको पक्षमा फैसला सुनाएको हो ।

भोली (बुधबार) बाट प्रदर्शनमा आउने फिल्मको चर्चा हुँदै गर्दा विजनेस पण्डितहरु यसको कलेक्सनको अनुमानमा लागिरहेका छन् । सलमान र कट्रिना कैफ लिड रोलमा रहेको फिल्मलाई अलि अब्बार जफारले निर्देशन गरेका हुन् ।

‘भारत’लाई बुधबार रिलिज गर्न दिन अदालतको आदेश

Comments