पोखरामा ‘दुल्ला’ को आउटलेट, अनुपले रिबन काटे
२०१५ सालबाट खुला विजनेसमा उत्रिएको ‘दुल्ला’ ब्राण्ड नेपाली लेदर फेशन इन्डष्ट्रिको स्थापित ब्राण्ड हो । नेपालमा पहिलोपटक सोसियल मिडिया अनलाइन विजनेस सुरु गरेको यो ब्राण्डले ग्राहकहरुमाझ लोकप्रियता बढाउँदैगर्दा बजारलाई पनि विस्तार गर्दै लगिरहेको छ । हालै यसको नयाँ अफिसियल आउटलेट पोखरामा खुलेको छ ।
अभिनेता अनुपबिक्रम शाहीले रिबन काट्दै पोखराको चिप्लेढुङ्गामा ‘दुल्ला अफिसियल’को नयाँ आउटलेटको ओपनिङ गरेका छन् । आयोजित एक कार्यक्रमका अनुपले नेपाली ब्राण्डलाई प्रवर्धन गर्न पाउनु गर्वको कुरा रहेको बताए । नेपालीहरुले नेपाली ब्राण्डलाई नै माया दिनुपर्छ, देशमै उद्धमशिलता बढाउनुपर्छ अनुपले भने, ‘अब नेपाली ब्राण्डहरु नै भरपर्दो र टिकाउ आउन थालेका छन्, यसले ग्राहकहरुको सन्तुष्टि र युवाहरुलाई रोजगार दुबै दिएको छ ।’
काठमाडौंपछि ‘दुल्ला’ले चितवन र धरान शहरमा आफुलाई प्रस्तुत गरिसक्दा पाएको सफलताले पोखरामा आउटलेट राख्न सफल रह्यो । ‘दुल्ला’ले देशभरका मुख्य मानिने सबै शहरका ग्राहकहरुमाझ आफ्नो ब्राण्डलाई उपलब्ध गराउने लक्ष्य लिएको छ ।
२०१५ मा जुत्ता-चप्पलबाट सुरु गरेको विजनेस यतिबेला महिला र पुरुष दुबैको लागी ‘बेल्ट’, ‘वालेट’ र ब्यागसम्म आइपुगेको छ ।