Logo

‘भारत’लाई बुधबार रिलिज गर्न दिन अदालतको आदेश

चलचित्र विकास वोर्डले शुक्रबारबाट मात्रै सबै फिल्म रिलिज गर्न पाउन राख्दै आएको अडानको विपक्षमा अदालत उभिएको छ । विकास वोर्डले भारतिय सुपरस्टार सलमान खान स्टारर फिल्म ‘भारत’लाई नेपालमा शुक्रबार मात्रै रिलिज गर्न दिने भनेको थियो । भारतमा यो फिल्म बुधबार लाग्दैछ ।

सोहि बिषयमा उक्त फिल्मको नेपाल प्रदर्शन अधिकार लिएको ब्याङ्कटेस इन्टरटेन्मेन्टले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्धामा फैसला गर्दै अदालतले यो फिल्म बुधबार नै रिलिज गर्न दिन विकास बोर्डको नाममा अन्तरिम आदेश दिएको छ । विकास वोर्डलाई विपक्षी बनाइ दायर गरिएको मुद्धामा सोमबार फैसला सुनाउँदै अदालतले ‘भारत’लाई बुधबार रिलिज गर्ने बाटो खुला गरिदिएको छ ।

अदालतले स्वतन्त्र व्यवसायमाथि हस्ताक्षेप नगर्न आदेश दिएको छ । अदालतको यो आदेशसँगै शुक्रबार मात्र नभइ अब जुनकुनै दिन पनि फिल्म रिलिज हुनसक्नेछन् । ब्याङ्कटेस इन्टरटेन्मेन्टले स्वतन्त्र व्यवसायमाथि हस्ताक्षेप भएपछि अदालत पुगेको बताएको छ ।

Comments