पर्दामा तीन फिल्म, दर्शकको रोजाइ कता ?
फ्राइडे रिलिज अन्तर्गत यो हप्ता तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘कुम्भकरण’, ‘कप्स’ र ‘काउसो’ । तीन सिनेमामा ‘कुम्भकरण’ सिंगल र मल्टिप्लेक्समा प्रदर्शनमा आउँदा अन्य दुई फिल्म भने सिंगल स्कृनमा मात्र प्रदर्शनमा छन् ।
‘कप्स’
पुराना कलाकार सम्राट सापकोटाको डेब्यू निर्देशनमा बनेको फिल्मले नेपाल प्रहरी भित्रको कथा बोल्छ । यो फिल्ममा अनुपबिक्रम शाहि, सन्दीपा लिम्बु, अमित गिरी, अनुपमा भण्डारी, रामराज क्षेत्री, निरुता स्याङताङ लगायत लिड रोलमा छन् । राम शाक्यले निर्माण गरेका हुन् ।
‘कुम्भकरण’
दीपक वलीको निर्देशनमा बनेको यो फिल्म कमेडी जनरामा आधारित छ । फिल्मले एक विधालयका नव प्रवेशी शिक्षिकाको प्रेम पाउन पिउन देखी प्रअ. सम्म पछि लागेको कथा बोल्छ । भोलाराज सापकोटा, गौरव पहारी, अभय बराल, निशा अधिकारी लिड अभिनयमा छन् । करण श्रेष्ठको रीच इन्टरटेन्मेन्टले फिल्मलाई वितरण गरेको छ ।
‘काउसो’
मदन घिमिरेको निर्देशनमा बनेको यो फिल्ममा सविन श्रेष्ठ, अनु पराजुली, ए गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी अभिनयमा छन् । रामेश्वर हुमागाइँले फिल्म छायाँकन गरेका हुन् । कभस्टोरी एक्सन जनरामा फिल्म तयार भएको छ ।