Logo

थपडी बजाउन राजनीति नगर्ने भन्दै करिश्माले छोडिन् बाबुरामको पार्टी

नयाँ शक्ति पार्टी स्थापना भएसँगै सोहि पार्टीबाटै आफ्नो राजनीतिक यात्रा सुरु गरेकी अभिनेत्री करिश्मा मानन्धरले अन्ततः नयाँ शक्ति पार्टी छाड्ने निधो गरेकी छिन् । फरक क्षेत्रबाट राजनितिमा आएकाले धेरै चुनौती भोग्नुपरेको र त्यसका कारणले भेदभाव महसुस करिश्माले हालै एक अन्तरवार्तामा बताएकी छिन् ।

नयाँ शक्ति पार्टी घोषणा कार्यक्रम उद्घोषण गर्दै करिश्मा

नयाँ पत्रिका दैनिकसँगको अन्तरवार्तामा आफुले नयाँ शक्ति पार्टीमा आबद्ध भएर धेरै कुरा सिकेको र देशको राजनिति एकदम जटिल रहेको जसले आफुलाई एकदमै गाह्रो भएको बताइन् । राजनितिमा पोजिसन महत्वपूर्ण रहेको भन्दै उक्त पोजिसिन बीना आफ्नो आइडिया लागु गर्न नसकिने, तर पोजिसनका लागि जुन किसिमको फाइट हुन्छ त्यो आफु गर्न नचाहने करिश्मा बताउँछिन् ।

एसइईका कारणले राजनितिमा सक्रिय हुन सकिनँ अब बिस्तारै सक्रिय हुन्छु, उनले भनेकी छिन्, ‘ पार्टीमा आबद्ध हुदैमा राजनितिज्ञ हुने होइन, नयाँ शक्ति पार्टी र फोरमको एकीकरण हुनु राम्रो हो तर अब यो नयाँ पार्टीमा आफु आबद्ध हुँदिन ।’

अन्यायविरुद्ध लड्ने र स्वतन्त्र रुपमा ललितपुरको आफ्ने क्षेत्रबाट आगामी चुनाब लड्न सक्ने पनि उनले उल्लेख गरेकि छिन् । अब कसैको बाँसुरी बजाएर नहिड्ने भन्दै पदको लोभमा नलाग्दा कसैको नराम्रो कुराको विरोध गर्न पनि गाह्रो नहुने करिश्माको तर्क छ । करिश्मा भन्छिन्, ‘थपडी बजाउनका लागि मात्र राजनीति गर्दिनँ, अब आफ्नो भूमिका खोज्छु ।’

Comments