Logo

‘कालोपोथी’ निर्देशक भामले ‘कान्स’मा जिते नर्वेजियन पुरस्कार

यसअघि ‘कालोपोथी’ नामको फिल्म बनाएर देश विदेशबाट वाहि-वाहि सँगै थुप्रै पुरस्कार र अवार्ड जितेका निर्देशक मिनबहादुर भाम पुनः एकपटक अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका छन् । भामको नयाँ प्रोजेक्ट ‘द इयर अफ कोल्ड’ (चिसो वर्ष) ले फ्रान्सको पेरिसमा चलिरहेको कान्स फिल्म फेस्टिभलमा एक नर्वेजियन पुरस्कार जितेका छन् ।

विश्वभरका फिल्ममेकर्सले निवेदन दिएका ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै मीन बहादुर भामको ले ‘नर्वेजियन सरफन्ड’ जिते । यो पुरस्कारको राशी ६० हजार अमेरिकी डलर छ । नेपालीमा कन्भर्ट हुँदा यो मुल्य ६६ लाख ८४ हजार रुपैयाँ हुन आउँछ ।

उनको नयाँ प्रोजेक्ट ‘द इयर अफ कोल्ड’लाई सोनी फिल्मस् ले निर्माण गर्नेछ । उक्त फिल्मको कथामा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्कन्छन् । अन्ततः यात्राकै क्रममा उनीहरुको जीवन बदलिन्छ ।

सोहि प्रकारका सुक्ष्म र संवेदनशील विषयवस्तुका केन्द्रित रहेर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएको बताइएको छ ।

तश्विर श्रोतः गुगल

Comments