Logo

चलचित्र पत्रकार संघको स्थापना दिवस, पाँच पत्रकारलाई सम्मान र पुरस्कार

चलचित्र पत्रकारितालाई संगठित, मर्यादित र व्यवस्थित बनाउने हेतुले स्थापना भएको पेशागत संस्था चलचित्र पत्रकार संघ, नेपालले आज (जेठ ७ गते) स्थापनाको २० औं बर्ष पुरा गरेको छ । यो मितिलाई संघले पछिल्लो १७ बर्षदेखि चलचित्र पत्रकारिता दिवसको रुपमा पनि मनाउँदै आएको छ ।

सम्पुर्ण चलचित्र पत्रकारहरुको छाता संगठनको रुपमा क्रियाशिल रहँदै आएको संघले हरेक बर्ष स्थापना दिवसको अबसरमा कार्यक्रम गर्दै कला विधामा कलम चलाउँदै आएका पत्रकारहरुलाई फरक फरक तीन शिर्षकमा सम्मान र पुरस्कार प्रदान गर्दै आईरहेको छ ।

मंगलबार साँझ राजधानीमा हुन गइरहेको एक कार्यक्रमकाबीच यो बर्ष चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट पुराना पत्रकार श्याम स्मृत श्रेष्ठ र नरेश भट्टराई सम्मानित हुँदैछन् भने चलचित्र पत्रकारिता पुरस्कार शिर्षकमा टेलिभिजनकर्मी शारदा थापा र अनलाइन पत्रकार कुवेर गिरी पुरस्कृत हुँदैछन् भने फोटो पत्रकार विनोद पोखरेलले प्रोत्साहन पुरस्कार प्राप्त गर्दैछन् ।

२०५६ सालमा भरत शाक्यको नेतृत्वमा स्थापना भएको संघले त्यसयता ६ जना अध्यक्ष पाइसकेको छ । हाल यो संस्थामा १ सय ५० बराबर चलचित्र पत्रकार आवद्ध छन् । चलचित्र पत्रकार संघ, नेपालको स्थापना दिवस तथा चलचित्र पत्रकारिता दिवसको अबसरमा कला विधामा सकृय सम्पुर्ण व्यवसायिक पत्रकारहरुमा सुभकामना !!

Comments