Logo

‘पोइ पर्‍यो काले’ औपचारिक घोषणा, सृष्टि छोडेर पूजासँग सौगातको पेरिङ

शिशिर राणाको निर्देशनमा बन्न लागेको फिल्म ‘पोइ पयो काले’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ । छायांकन सुरु नहुँदै आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म प्रदर्शनमा आउने निर्माण टिमले घोषणा पनि गरेको छ ।

जेठ १३ गतेबाट छायांकन सुरु हुने मल्टीस्टारर फिल्ममा पूजा शर्मा र सौगात मल्लले श्रीमान श्रीमतीको भूमिका निभाउनेछन् । दुईको अलावा फिल्ममा आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको कथा निर्देशक राणा स्वयंले लेखेका हुन् । फिल्मको कथावस्तुमा फिट हुने भएकै कारण सौगातलाई टाइटल क्यारेक्टरमा छनोट गरिएको निर्देशक राणाले बताए ।

फिल्ममा उनको पनि अभिनय रहनेछ । शिव ढकालले छायांकन गर्ने फिल्मका गीत रघु परियार र हरि उप्रेतीले लेखेका छन् । भने, संगीत सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले भरेका छन् । गीतमा कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

‘पोइ पर्‍यो काले’ मा अन्तिम समयमा अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । यसमा उनको जोडी सोहितसँग बाँधिनेछ । उनले आफ्नो रोल छोटो भए पनि फिल्ममा ट्विस्ट ल्याउन महत्त्वपूर्ण भूमिका रहने बताइन् । अभिनेत्री पूजा र अभिनेता आकाशले आफूलाई स्क्रिप्ट र टिम मनपरेका कारण काम गर्न लागेको बताए । रियल जोडी सौगात र सृष्टि पनि फिल्म गर्न राजी हुनुको कारण स्क्रिप्ट नै रहेको बताउँछन् ।

तारा प्रकाश ’किम्भे’ को सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा रहेका छन् । दिपक मनाङ्गे र अ. देवि राई निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार छन् । सह(निर्मातामा अर्जुन खनिया र देव तामाङ रहेका छन् । निर्देशक राणाले ‘पोइ प¥यो काले’ कमेडी कथावस्तुमा आधारित भएर बन्न लागेको बताए । उनी फिल्मलाई उत्कृष्ट बनाउने दावी गर्छन् ।

Comments