Logo

आक्रामक ओपनिङ, ‘जात्रै जात्रा’ २ दिनमै २ करोड कलेक्सन !

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’को ओपनिङ आक्रामक देखिएको छ । दर्शक र समिक्षक दुबैबाट प्रशंसाका शब्द भेटेको फिल्मले प्रदर्शनको पहिलो दुई दिनमा हल-हलमा आफ्नो दबदबा कायम राख्न सफल भयो ।

सिंगल स्कृन भन्दा मल्टिप्लेक्समा आक्रामक देखिएको फिल्मको बिजनेश दुई दिनमा दुई करोड पुगेको बताइएको छ । वितरण कम्पनि ‘स्टेशन फाइफ’का प्रचण्डमान श्रेष्ठले दिएको जानकारी अनुसार फिल्मको शुक्रबार र शनिबारको ग्रस कलेक्सन २ करोडको हाराहारीमा छ ।

राजधानीमा पहिलो दिन ३८ लाख र शनिबार ६७ लाख कलेक्सन भएको जानकारी दिँदै प्रचण्डले भने, ‘मोफसलमा पनि ‘जात्रै जात्रा’ बिजनेस उस्तै छ, शनिबारको रात्रीकालिन शोजहरुको सबै विवरण आइनसकेकोले निश्चित डाटा ननिस्केको हो ।’ आफ्नो कम्पनिको तर्फबाट वितरित पछिल्ला फिल्महरुको विकेण्ड कलेक्सनमा सबैभन्दा बढि यहि फिल्मले गरेको प्रचण्डको भनाइ छ ।

फिल्मको आइतबार पनि मल्टिप्लेक्समा राम्रो विजनेस देखिएको छ । मध्यान्हपछिका शोजहरुमा दर्शकको चाप बढेको छ । क्युएफएक्स चेनमा १७ शोजका साथ फिल्म प्रदर्शनरत छ । प्रदिप भट्टराईको निर्देशनमा बनेको यो फिल्म दुई बर्ष पहिले प्रदर्शनमा आएको सफल फिल्म ‘जात्रा’को सिक्वेल हो ।

‘जात्रै जात्रा’मा विपिन कार्की, बर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई लिड अभिनयमा छन् । ‘जात्रा’मा पैसाको विषय उठाएका लेखक निर्देशक भट्टराईले यो पटक सोहि पैसालाई सुनमा जोडेका छन् ।

Comments