Logo

लगनखेलमा बर्षाले खोलिन् ‘मायाज’को घुम्टो

त्यसै पनि अभिनेत्री वर्षा सिवाकोटी यतिबेला प्रदर्शोन्मुख ‘वीर बिक्रम २’को प्रचार प्रसारमा व्यस्त छिन् । तथापी उनले शनिबार लगनखेल स्थिती एक लेडिज पार्लरको उद्घाटन गर्न समय निकालिन् ।

ब्युटिसियन गिता गिरीले सन्चालनमा ल्याएको ‘मायाज ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टर’को तेस्रो शाखाको बर्षाले रिबन काटेर शुभारम्भ गरेकी हुन् । कार्यक्रममा बर्षालाई पार्लरको तर्फबाट सन्चालिका गिता गिरि र अन्यले स्वागत गरे भने सफलताको कामना गर्दै ठुलो केक समेत काटियो ।

उद्घाटनपछि कार्यक्रममा बोल्दै बर्षाले पार्लरको सफलताको कामना गरिन् । सोही क्रममा संचालिका गिताले पनि मायाजको जुन सुकै शाखामा गएपनि कलाकारहरुलाई बिशेष छुट दिने घोषणा गरिन् । कार्यक्रममा वर्षाले आफु अभिनित पछिल्लो फिल्म ‘वीर बिक्रम -२’ हेर्नलाई निम्तो समेत दिएकी थिइन। ‘मायाज’को पहिलो शाखा सुर्यबिनायक भक्तपुरमा छ भने दोस्रो बानेश्वरमा रहेको छ। बानेश्वर शाखाको गत बर्ष अभिनेत्री सञ्चिता लुइँटेलले शुभारम्भ गरेकी थिइन्।

Comments