यस्तो छ ‘दाल भात तरकारी’ को ओपनिङ बिजनेस
अनुकुल अर्याल । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ यतिबेला देशैभर प्रर्दशनरत छ । यो चलचित्रले मल्टिप्लेक्स देखि सिङ्गल स्क्रिनहरुमा राम्रो ओपनिङ गरेको छ । शुक्रबारको तुलनामा शनिबार बिहानैबाट हलहरुमा दर्शकहरुको बाक्लो उपिस्थिति देखियो। प्रायः हलहरु हाउसफुल बने । चलचित्रका निर्माता किरण केसीले यो व्यापारलाई आक्रमक भनेका छन ।
कमेडी विधामा निर्माण गरिएको यो चलचित्रलाई ‘इनिसियल फेज’मा दर्शकहरुले साथ दिएका छन तर समिक्षागत रुपमा भने खासै राम्रो प्रतिक्रिया पाएको छैन । अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो चलचित्रले हाँस्य शैलीमा प्रस्तुत गरेको छ । यस चलचित्रले समाजमा रहेको मष्तिष्क पलायनलाई चित्रण गरेको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पुष्प खड्का, आँचल शर्मा शनिबार बिहानैदेखि काठमाण्डौका विभिन्न हलमा पुगेर दर्शकहरुसँग साक्षात्कार गरेका छन । उनिहरुसँग दर्शकसँगै पुगेर प्रतिक्रिया लिए सेल्फी खिचे ।
सुरुवाती दुई दिनको कमाई कति भन्नेबारे आधिकारिक जानकारी प्राप्त छैन । निर्माण टिमले फिल्मले करोड माथीको ग्रस कलेक्सन गरेको बताएको छ । सुदन केसी फिल्मका निर्देशक हुन् ।