Logo

भुवनको इच्छामा अनमोलसँग सुहानाको डेब्यू

चैत्र २९ बाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ३’ यतिबेला चर्चामा छ । रिलिजपुर्व बन्नुपर्ने सबै प्रकारको हाइप पाइसकेको फिल्मलाई बर्ष २०७५ को प्रतिक्षित मानिएको छ । बर्षान्तमा रिलिज हुने फिल्मलाई लिएर सिनेबृत्तमा यसको वक्सअफिस कलेक्सनको अनुमान पनि सुरु भइसकेको छ ।

‘ए मेरो हजुर ३’बाट डेब्यू गर्दैछिन् अभिनेत्री टर्न निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाकी छोरी सुहाना थापाले । स्टार अभिनेता अनमोल केसी लिड हिरो रहेको फिल्मबाट सुहानाले डेब्यू गर्दैगर्दा गसिप बजारमा झरनाले ‘सेफ साइड’ रोजेर अनमोलसँग आफ्नी छोरीलआई डेब्यू दिएको आरोप पनि खेप्दै आएकी छिन् ।

यो बीचमा गरिएको एक कुराकानीमा झरनाले अनमोलसँग सुहानाको जोडी बाँधिदै गर्दा यसको पहिलो क्रेडिट अनमोल पीता भुवन केसीलाई दिएकी छिन् । फिल्मीनेपालसँगको कुराकानीमा झरनाले अनमोल केसी ए मेरो हजुरको तेश्रो सिक्वेलमा रहने तय हुँदै गर्दा सुहानालाई अभिनेत्री बनाउने पहिलो नाम भुवनले लिएको खुलाएकी छिन् ।

झरनाले आफु भन्दा पहिले वितरक मनोज राठीले अनमोललाई प्रस्वात पुर्याएको पनि बताएकी छिन् । ‘अनमोलले फिल्म गर्ने इच्छा देखाएपछि भुवनजीले सुरुमै सुहानाको नाम लिएर अनमोल र सुहानालाई नै खेलाऔँ भन्नु भएको हो, झरनाले भनिन्, ‘स्कृप्ट लेख्दासम्म अनमोल सुहाना सोचाइमा पनि थिएनन् ।’

झरना र सुहानासँग फिल्ममीनेपालको लागी सरु महर्जनले लिएको पछिल्लो अन्तर्वार्ता यहाँ प्रस्तुत छः 

Comments