Logo

उपहार बोकेर वृद्धा आश्रम पुग्यो ‘यात्रा’ टिम

आउँदो चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ टिमले प्रचारप्रसारबाट समय निकालेर शुटिङ गरिएको वृद्ध आश्रममा पुगेर भेटघाट गरेका छन् । प्रचारप्रसारको अन्तिम समयमा रहदा पनि शुटिङ गरिएको आश्रमबाट भेटघाटका लागि निम्तो आएपछि फिल्म टिम केहि उपहार लिदै आश्रम पुगेको हो । लप्सीफेदीमा रहेको जेपी प्रतिष्ठान मैत्री सेवा आश्रम जेष्ठ नागरिक ग्राममा फिल्मको झन्डै ४ दिन छायाँकन गरिएको थियो । त्यहाँ झन्डै ३५ को हाराहारीमा वृद्धवृद्धा रहेका छन् ।

आश्रममा रहेका आमावुवाले भेट्ने ईच्छा जाहेर गरेको थाहा पाएपछि निर्माण टिमले टिभी उपहार लिएर आश्रम पुगेको थियो । अभिनेताद्वय सलिनमान बनिया , रेअर राईसँगै निर्माताहरु चिज कुमार श्रेष्ठ , सुशील पोखरेल र सर्जुमान लिगल लप्सिदेफी पुगेका हुन् । शुक्रबार त्यहाँ पुगेर निर्माण टिमले सँगै खान पनि खाएका थिए । सलिनले शुटिङपछी फेरी आउन पाउँदा खुसि लागेको बताए । ‘’म शुटिङको बेला पनि एकदिन बढी नै यहा बसेको थिए’ उनले भने ‘मलाइ यहाँ बुवाआमाहरुसँग निकै रमाइलो लाग्छ ।’ तर सलिनले शुटिङको बेलामा भने आमाहरुलाइ भेट्न पाएका थिएनन् । उनले कुराकानी गर्नुका साथै आफ्नो फिल्मको डायलग पनि सुनाएका थिए ।’

सलिनसँगै रेअरले पनि शुटिङको बेलालाई सम्झिदै फेरी आउँन पाउँदा खुसि लागेको बताए । निर्माता पोखरेलले आश्रममा रहेका बुवाआमालाई एकछिनको खुसि पाउदा आभारी रहेको बताए । उनिसँगै अर्का निर्माता चिजकुमारले पनि आउँदा दिनमा पनि आश्रमलाई सकेको सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । यसैगरि फिल्मका कार्यकारी निर्माता सर्जुले प्रिज्माको तर्फबाट ५३ इन्चको एलइडी टिभी गिफ्ट गर्न पाउँडा खुसि लागेको बताउनु भयो ।

फिल्मले पनि समाजिक कथालाई मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरेको छ । फिल्मनगरीले नै सम्भावना बोकेको नायक रुपमा हेरेको एक्टर सलिन फिल्ममा भ्ग्लरको भूमिकामा छन् । उनले डेब्यु फिल्म मार्फत नै आफ्नो स्टारडम बनाइसकेका छन् । यसमा सलिन र रेअरसँगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

Comments