प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’ रिलिज हेरफेर
रियल लभ कपल प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म ‘प्रेम दिवस’को रिलिज हेरफेर भएको छ । एकै मितिमा प्रदर्शन तोकिएको अर्को फिल्म ‘बिर बिक्रम २’ जेठ ३ बाट पछि नहट्ने भएपछि यो फिल्मको रिलिज धकेलिएको हो ।
‘प्रेम दिवस’ अब जेठ १७ बाट दर्शकमाघ आउने बताइएको छ । वितरण कम्पनि एफडीले समाचारको पुष्टि गरेको छ । यो फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका छन् ।
प्रेम दिवस’मा प्रियंका तथा आयुष्मानका अलावा डेब्यु अभिनेता विशाल खरेलको मुख्य भूमिका रहेको छ भने हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सांगीतक प्रेमकथाका निर्माण भएको यो फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।