‘पञ्चामृत’ लिएर आए बेल्जियम बस्ने भिखारी
डायस्पोरामा रहेर नेपाली गीतसंगीतमा आफुलाई निरन्तरता दिईरहेका गीतकार अर्जुन रत्न भिखारीको एकल शब्द रचना रहेको एल्बम ‘पञ्चामृत’ सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सुनिल मास्केको एक्ला संगीतमा तयार भएको एल्बम राजधानीमा एक कार्यक्रम बीच आइतबार साँझ सार्वजनिक गरियो ।
नेपाली गीतसंगीतका महारथीहरू यादव खरेल , दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एकसाथ विमोचन गरेका थिए । लेखनको लागि चिनिने यादव खरेल , गायक दीप श्रेष्ठ र संगीतकार शम्भुजित बाँस्कोटा तिनै गीतसंगीतका सर्जकलाई प्रमुख अतिथि बनाउदै एल्बम बिमोचन गरिएको हो । पाँच गीतसंग्रहित यो एल्बम दर्शक तथा श्रोताको लागि पञ्चामृत सावित हुने विस्वास यससँग जोडिएको सर्जकको छ ।
कार्यक्रममा कलाकारहरु किरण केसी , दीपाश्री निरौला , रमेश उप्रेती , निर्मल शर्मा , भिडियो निर्देशक सहेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।भिखारीको एल्बममा पाँच गीत संग्रहित छन् जसमा धनले होइन मनले , जवानीको ऐना हजुर , परैदेखि , मन मनै त हो , तिम्रा ति झुटा बोलका गीत रहेका छन् जसलाई क्रमश सुरज थापा , मेलिना राई , सुरेश लामा , प्रमोद खरेल र स्वरूपराज आचार्यले स्वर दिएका छन् ।
एल्बमलाई भाइबस क्रिएसनको तर्फबाट पर्शुराम रिजालले बजार ब्यबस्थापन गरेका छन् ।