ऋचा र सुरक्षाले खोले ‘फर्गो’को घुम्टो
युवा लेखकनिश्चलमल्लले अंग्रेजीभाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिकभएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे ।
पुस्तक सार्वजनिककार्यक्रममाबोल्दै ऋचाले लेख्ने मान्छेप्रतिआफ्नो मनमाश्रद्धा रहेको बताउँदै कमउमेरमै स्तरीय किताबनिकालेकोमा लेखकमल्ललाई बधाइदिएकी थिइन् ।
‘उन्नाइस बीस वर्षकै उमेरमायत्तिको किताब लेख्नु साँच्चिकै प्रशंसनीयकामहो । तर, उमेर कमभएपनिकिताबमा मैले परिपक्वता देखें,’उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखकमल्लले मज्जाले प्रस्तुत गरेका छन् । यसको भाषामलाई मन परेको अर्को पक्षहो । पुस्तक पढिरहँदामलाई धेरै ठाउँ सेक्सपियरको साहित्य पढेको आभाष भयो । उहाँको भाषामागज्जबको लालित्य छ ।’ पुस्तक एकै बसाइमा पढेको जानकारी गराउँदै उनले मल्लले आगामीदिनउच्चकोटिको पुस्तक नेपाली साहित्यलाई दिन सक्ने जानकारी गराइन् ।
ऋचाको भनाइसँग सहमतहुँदै अर्की अभिनेत्री सुरक्षापन्तले पनि सानो उमेरमै पुस्तक लेख्ने निश्चलको हिम्मतको प्रशंसा गरिन् । ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझयति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् । यो हिसाबमानिश्चलले मलाई प्रभावित गरेका छन् । पुस्तकआकर्षक लागेको छ । भ्यालेन्टाइनमुखमा छ । आफ्नो डेटलाई दिन यो उत्तमगिफ्ट हुनेछ ।’लेखक सुविन भट्टराईले निश्चललाई देखेर आफ्ना पुरानादिनयादआएको भन्दै उनलाई अभिभावकको खाँचो नहोस् भन्नलाई कार्यक्रममाआएको बताए ।
‘व्यस्तताकाकारण पुस्तक पढ्न पाइँन, त्यसैले पुस्तकको गुण दोषको बारेमा म बोल्दिन । पहिलो किताब हरेक लेखकको स्पेसल हुन्छ । निश्चलकालागिपनि यो किताब स्पेसल बनोस्, भकामनादिन चाहान्छु । पुस्तकले राम्रो नराम्रो जेसुकै प्रतिक्रियाप्राप्त गरोस् लेख्न नछोडने सल्लाहपनिदिन चाहान्छु ।’
लेखक निश्चलमल्लले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताउँदै उनले पुस्तकले नयाँ पुस्ताको प्रेमप्रतिको सोचलाई प्रस्तुतगर्ने बताए । उनले भने, ‘पुस्तकले यथार्थभन्दा पर गएर कल्पनामाआफूले सोचे जस्तो जीवनसिर्जनागर्ने युवाको कथा पेश गरेको छ । जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधामापनि पुस्तकमा अटाएको छ । पुस्तक पढिरहँदानयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ।’ एक सयचार पेजको पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो । लेखकनिश्चलको यो पहिलो पुस्तक हो ।