‘रुमालै छ चिनो’को गीतमा आमाको सम्झना (भिडियो)
फागुन १० बाट प्रदर्शनमा आउने फिल्म ‘रुमालै छ चिनो’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द समावेश छ ।
गीतमा लिड कलाकार सुशान्त कार्की, सञ्चिता लुइँटेल लगायत फिचर छन् । दिनेश सिंह ठकुरीको निर्देशन रहेको फिल्मले भारत पाकिस्तान युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथा बोल्छ । सुशान्त र संचितासँगै अप्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित लगायत फिल्ममा लिड अभिनयमा छन् ।
ज्योती फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको लगानी रहेको छ ।फिल्मको कथा रेशम थापाले लेखेका हुन् भने अर्जुन पोखरेल र विरही थापाको संगीत रहँदा सम्राट बस्नेतको द्धन्द्व, रहँदा विनोद सापकोटाको छायाँकन छ ।