Logo

‘क्याप्टेन’ ट्रेलरले रच्यो नयाँ इतिहास, ट्रेण्डिङमा नपर्नुको कारण यस्तो

युवा स्टार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को ट्रेलरले यतिबेला नेपाली मिडिया र सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । फिल्मको शुक्रबार सार्वजनिक ट्रेलरले नेपाली फिल्मको इतिहासमै सबैभन्दा छोटो समयमा अहिलेसम्मकै सर्वाधिक भ्यूज पाउने रेकर्ड बनाएको छ ।

फिल्मको ट्रेलरले सार्वजनिक भएको २४ घण्टामै ८ लाख बढि भ्यूज पाएको थियो । यसअघि २४ घण्टामा ‘ए मेरो हजुर २’, ‘दुई रुपैयाँ’ र ‘छक्का पञ्जा २’ को ट्रेलरले ५ लाख बढि भ्यूज पाएका थिए भने अनमोलकै ‘कृ’ले ६ लाख २५ हजार पटक हेरिएको किर्तिमान बनाएको थियो । अब अनमोलले आफ्नै किर्तिमान तोड्दै नयाँ रेकर्ड बनाएका छन् ।

ट्रेलरलाई दुई दिन नपुग्दै गर्दा हालसम्म १२ लाख बढि पटक युट्युवमा हेरिएको छ । ५० हजार बढि लाइक आउँदा ८ हजार बढि कमेन्ट व्यक्त छन् । ट्रेलरमा अधिकांश दर्शकले फिल्मलाई ‘अवेटेड’ लेखेका छन् मन परेको प्रतिक्रिया दिएका छन् ।

तर युट्युव ट्रेण्डिङमा भने ट्रेलर आएको छैन । डिजिटल अधिकार प्राप्त ब्यानर ओएसआर डिजिटलको तर्फबाट क्याप्टेनको ट्रेलर पहिले सार्वजनिक भएको सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’को टिजरले ट्रेण्डिङको टप फाइभ कब्जा गरिरहँदा अनमोलले ट्रेण्डिङमा स्थान नपाएका हुन् । कतारमा भने यो ट्रेलर २१ हाल नम्बर ट्रेण्डिङमा छ ।

युट्युवको नियम अनुसार एउटै च्यानलबाट बाहिर आउने एक मात्रै कन्टेन्टले ट्रेण्डिङमा स्थान पाउँछ । ट्रेण्डिङमा जुनकुनै विषयको पनि सबैभन्दा छोटो ‘ड्यूरेसन’को अनि पुर्ण रुपमा (या लामो समयसम्म) भ्यूज पाउने भिडियो कन्टेन्टलाई एडभान्टेज हुन्छ । सोहि कारण नै विशेषतः ‘अवेटेड’ र चर्चामा रहेका फिल्महरुको ट्रेलर तथा टिजरले ट्रेण्डिङमा स्थान पाउँछन् । अर्को तर्फ दर्शकले सबैभन्दा धेरै समय स्पेन्ड गर्नेकारण युट्युवमा रिलिज हुने प्रायः फिल्मले ट्रेण्डिङको उत्कृष्ट स्थान कब्जा गर्छन् ।

भुवन केसीको निर्माणमा बनेको फिल्म ‘क्याप्टेन’ आगामी फागुन १७ बाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, विल्सनविक्रम राई, सुनिल थापा, प्रशान्त ताम्राकार लगायत लिड अभिनयमा छन् ।

Comments