गोवामा यसरी खिचिँदैछ नीतिनको ‘गीत गजल’
फिल्म ‘गीत गजल’को एक गीतको हाल भारतको गोवामा धमाधम छायांकन भईरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा फिल्मको गीत खिचिएको बताए । छायांकन भैरहेको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंह फिचर छन् ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन भैरहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने सुरेश लामा र अञ्जु पन्तको स्वर छ । ‘छ कि छैन थाहा’ बोलको गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ । भने मुम्बईका मेकअप म्यानले कलाकारको मेकअप गरेका छन् ।
आरोहण क्षेत्रीले निर्माण गरेको फिल्म ‘गीत गजल’मा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक नितिन चन्दले आफुले उक्त गीतलाई उत्कृष्ट बनाउन कुनै कसुर बाँकी नछोडेको बताए । गीतलाई सुरेश काफ्लेले छायांकन गरेका हुन् ।
यो फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन रहँदा अर्जुन जिसी सम्पादकमा छन् ।
(गोवाबाट सञ्चारकर्मी सिपी जैशीको सहयोगमा)