Logo

सुरक्षा र वेनिशाको ‘घर’ लिएर फ्लोरमा अर्पण

हरर कथामा बन्न लागेको फिल्म ‘घर’को छायांकन सुरु भएको छ । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

यो फिल्ममा अर्पण थापाको कथा तथा निर्देशन छ । फिल्ममा अर्पणका साथमा नायिकाद्धय वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिका रहनेछ ।

शर्मिला पाण्डेको लगानीमा बन्न लागेको यो फिल्मलाई २० दिन लगाएर खिचिनेछ । बुढानिलकण्ठ आसपासमै फिल्म खिचिने निर्मातामध्येका एक दिपेन्द्र के. खनालले जानकारी दिए । निरज कँडेलले फिल्मको छायांकन गर्नेछन् । डीएस डिजिटलको ब्यानरमा यो फिल्म बन्नेछ ।

Comments