‘टिकटक’देखि हिरोइनसम्मः प्रियंकाको अभिनय यात्रा
माघ ४ गतेबाट रिलिज हुने फिल्म ‘गरुड पुराण’की नवोदित अभिनेत्री हुन प्रियंका सिंह । उनले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । काठमाडौं, नयाँ बानेश्वरकी प्रियंकालाई उनले अभिनय ‘बफिन्स ९८’ को म्युजिक भिडियो अन्जानैमा…हेरेर निर्देशक सुवास कोईरालाले गरुड पुराणमा डेब्यु गराएका हुन् ।
त्यसो त उनी त्यतीबेला टिक टक (म्युजिकल्ली)मा निकै हिट थिईन् । त्यतीबेला सयौं टिक टक भिडियोमा उनको अभिनय निर्देशक कोईरालालाई मन परेको थियो । टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर फिल्म ‘गरुड पुराण’मा उनलाई चयन गरियो ।
प्रियंकाको भनाईमा टिक टकमा अभिनय गरेको जस्तो सजिलो फिल्ममा नहुँदो रहेछ,‘टिक टक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समुहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ ।’ उनले अनुभव सुनाईन् ।
फिल्म ‘गरुड पुराण’ भित्र उनको पछि सबै अभिनेता हुन्छन् । मुख्यतः फिल्मका अभिनेता कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पाउँछन् । पहिलो फिल्ममै आफुले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाईलो महसुस भएको पनि उनले बताईन् ।
प्रियंका स्वभावले कम बोल्न र आफैंमा रमाउने व्यक्ति हुन् । तर फिल्ममा उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन् । आफ्नो स्वभाव भन्दा फरक भूमिका यो फिल्ममा निभाउँदाको अनुभवबारे उनले भनिन्,‘गरुड पुराणमा ज्योतीको भूमिका निर्वाह गरेपछि मैले आफुपनि त्यो चरित्र जस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरें । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्दैछु ।’
पहिलो फिल्मबाट निकै आशावादी प्रियंकालाई होनहार मानिने कलाकारसँग सुरुमा काम गर्दा गाह्रो हुन्छ होला जस्तो लागेको थियो तर उनीहरुसँग करिब डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो फिल्ममा अभिनय गर्न सहज भयो । आफुलाई कर्मा, नाजिर, प्रविणसबैले अभिनय कार्यशालाको क्रममा धेरैकुरा सिकाएकाले पनि गरुड पुराणमा उहाँहरुसँग काम गर्न सजिलो भएको उनले बताईन् ।
म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियंका अहिले पूर्ण रुपमा फिल्ममै रहने सोचमा छिन् । उनले यो बीचमा केही फिल्मबाट प्रस्ताव आएको पनि सुनाइन्। तर पहिला ‘गरुड पुराण’को रिजल्ट हेर्ने र त्यसपछि अरु फिल्ममा काम गर्ने निर्णय लिएको उनको कथन छ ।