Logo

गजुरेल ब्यङ्ग्य: ‘स्टार आकाशमा मात्रै हुन्छ !’

नेपाली हाँस्य दुनियाँमा सर्बोच्च स्थानमा आउने नाम हो मनोज गजुरेल । स्टेज तथा ‘स्ट्याण्ड अप’ कमेडीमा अग्र पङ्ग्तीमा आउने गजुरेल अब फिल्मी दुनियाँमा प्रवेश गरिसकेका छन् । उनको डेब्यू फिल्म ‘सय कडा दश’ प्रदर्शनको लागी तयार छ ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा गजुरेल फिल्मलाई लिएर आशावादी देखिए । फरक प्रसङ्गमा उनले पछिल्लो समय चर्चामा अनि विवादमा रहेको नेपाली कलाकारको ‘स्टार वार’को बारेमा पनि बोले । गजुरेलले घुमाउरो ब्यङ्ग्य सहित भने, ‘स्टार भनेको आकाशमा मात्रै हुन्छ, त्यसले ताप धर्तीमा दिने हो, म आफुलाई स्टार भन्दा पनि दियोको रुपमा लिन्छु ।’

आफु कहिल्यै स्टार बन्ने दौडमा नहिँडेको गजुरेलको आशय थियो । स्टारको गिन्ती हुँदा आउने नम्बर प्रणालीलाई इङ्गित गर्दै गजुरलले भने, ‘पहिलो नम्बर भनेको खहरे (भेल) हो, तेश्रो नम्बर भने धेरैपछि मात्रै आउँछ त्यसैले आफुलाई सधैँ दोश्रो नम्बरमा राख्छु ।’

गजुरेलको अभिनय रहेको ‘सय कडा दश’माघ १८ बाट प्रदर्शनको लागी तयार छ । यो फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका छन् । फिल्मले सामाजिक कथा उठाएको छ ।

Comments