Logo

अतित र सायाको प्रेम विछोडः यस्तो बन्यो ‘समर लभ’ ट्रेलर (भिडियो)

उपन्यासकार सुबिन भट्टराईको कृति ‘समर लभ’ माथी फिल्म निर्माण भइसक्दा पुस्तकमा समावेश कथालाई पर्दामा कसरी उतारियो, कतै कथाको मर्म नै मर्ने त होइन ? यो प्रकारका प्रश्नहरु पछिल्लो क्रममा बढ्दो छन् । यो बीचमा ‘समर लभ’लाई निर्देशन गरेका मुस्कान ढकालले भने कथाको मर्मलाई आत्मसाथ गरेर फिल्मांकनको धर्म निभाउँदै जस्ताको तस्तै पर्दामा उतारिएको दाबी गरे ।

माघ २५ बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर रिलिजको लागी राजधानीमा आयोजित कार्यक्रममा निर्देशक ढकालले भने, ‘पुस्तकमा पढेकै कुरा पर्दामा उतारिएकोमा शंका छैन दर्शक तथा पाठकले पढेकै यथार्थकुरा पर्दामा भेट्नुहुन्छ ।’ लिड कलाकार आशिष पिया र रेवती क्षेत्रीले अतित र सायाको भुमिकालाई दुरुस्त फिल्मी बनाएको निर्देशकको भनाइ छ ।

फिल्मको रिलिज मिति नजिकिँदै गर्दा ट्रेलर रिलिज गरियो । सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा अतित र सायाबीचको प्रेमसँगै समयक्रममा उत्पन्न हुने परिस्थिती, मिलन विछोडको अनेकन संयोगहरु जोडिएका छन् । यो फिल्मको स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् ।

पुष्पन प्रधानले संगीत भरेको यो फिल्ममा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओमप्रतिक, मानस थापा लगायत लिड अभिनयमा छन् । अृ्जुन जिसी सम्पादनमा रहँदा क्यामेरामा सञ्जय लामा र मानकृष्ण महर्जन छन् ।

‘समर लभ’को निर्मातामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी छन् भने कार्यकारी निर्मातामा विनोद अधिकारी रहँदा सोपन सरकार र मनोज बिक सह निर्माता तथा एकराज तामाङ लाइन प्रोड्यूसर छन् । फिल्मको यसअघि सार्वजनिक टिजरले राम्रो हाइप बनाइसकेको छ । यो फिल्मलाई बैङ्कटेस इन्टरटेन्मेन्ट, माता पाथिभरा फिल्मस् र एफडी कम्पनिले वितरणको जिम्मा लिएका छन् ।

Comments