सुभेच्छाको मिस नेपाल सेकेण्ड रनरअपदेखि ‘रणवीर’सम्मको यात्रा
पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमि छैन । प्रियंका कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिँदैछिन् सुभेच्छा खड्का ।
सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुभेच्छालाई पहिले फिल्म अफर नगरिएको होइन तर फिल्म ‘रणवीर’ मार्फत डेब्यु गर्दैछन् । नेपाली फिल्मको निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ अनुहारको खोजीको क्रममा सुबेक्षालाई धेरै प्रोपोजल गयो तर उनले तात्कालिन समयमा फिल्ममा अभिनय गरिनन् , उनि भिजेको रुपमा कान्तिपुर टेलिभिजनसँग आवद्ध भइन् ।
गत वर्ष सन् २०१८ को सुरुवात देखि फिल्म रणवीरमा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी यी सुन्दरीलाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ । लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा सुभेच्छासँगै सुशील सिटौला , सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , हरिहर शर्मा लगायतको अभिनय रहेको छ । कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । यसमा फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म माघ १८ मा रिलिज हुदैछ ।
सुभेच्छा भन्छिन्ः मलाइ फिल्ममा आउन मन नलागेको होइन तर खोजिएको जस्तो फिल्म अफर पाइँन, म मिस नेपालमा सेकेण्ड रनरअप भएसँगै मलाइ अफर राम्रै आएको थियो मैले धेरै मान्छेलाइ भेटेँ पनि।’ तर चित्त बुझ्दो कथा नपाएको र ”रणवीर’को स्कृप्टले मन जितेकोले अनुबन्ध भएको उनको भनाइ छ । निर्मात्री गोमा बिष्ट थापाले फ्रेस अनुहार खोजि रहेको समयमा सुवेच्छा भेटेको भन्दै उनलाई एक सम्भावना बोकेको प्रतिभा दाबी गरिन् ।