पोखरेली आकाशमा गोपी !
नेपाली फिल्म उधोगमा पछिल्लो क्रममा ब्राण्डिङ भ्याल्यू बढिरहेको छ । स्तरिय फिल्म निर्माणको क्रम बढ्दो हुँदा नयाँ मात्र होइन् देशका प्रतिष्ठित ब्राण्डहरु पनि सहकार्य गर्न लालायित देखिन्छिन् । यो बीचमा माघ १८ बाट प्रदर्शनको क्रममा रहेको फिल्म ‘गोपी’ले एक ब्राण्डसँगको सहकार्यमा पर्यटकिय शहर पोखराको आकाशमै आफ्नो ब्यानर उडाइरहेको छ ।
बेलुन नेपालसँगको सहकार्यमा पर्यटक बोकेर दिनहुँ पोखरेली आकाशमा उड्ने ‘हटयर’ बेलुनमा गोपीको ब्यानर टाँसिएको छ । फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले नेपाली फिल्म प्रचारमा भित्र्याइएको यो नयाँ प्रयोग उत्तिकै प्रभावकारी पनि बन्ने विश्वास लिएका छन् । उनका अनुसार फिल्म रिलिज मितिसम्म नै ‘गोपी’को ब्यानर बेलुनसँगै पोखरेली आकाशमा उडिरहनेछ ।
दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मको दुई हप्ता पहिले सार्वजनिक ट्रेलरले लोकप्रियता कमाइसकेको छ । अधिकांश दर्शक तथा फिल्म चिन्तकहरुले ‘गोपी’लाई अवेटेड फिल्मको दर्जा दिएका छन् । यो फिल्मको कथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।
मणिकर्ण केसीको निर्माणमा बनेको फिल्ममा विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायत लिड अभिनयमा छन् । फिल्मले नेपाली अर्गानिक कृषि क्रान्तीको कथा उठाएको ट्रेलर तथा सार्वजनिक प्रचार सामाग्रीहरु बोल्छन् ।