Logo

सुरज र दिपेन्द्रको ‘घर’मा अर्पणको राज !

निर्देशनमा फरक पहिचान बनाइसकेका निर्देशक दिपेन्द्र के खनाल अब सोलो निर्माता बन्ने भएका छन् । सोलो यो मानेमा कि खनालले निर्देशक हुँदा पनि सेयरमा निर्माता बस्ने गरेकोमा अब भने निर्देशन बीना नै निर्माता मात्र रहनेगरी फिल्म निर्माण घोषणा गरिएको छ ।

खनालसँगै सुरज पाण्डेको निर्माणमा बन्ने फिल्म ‘घर’को बिहिबार एक कार्यक्रम आयोजना गरी औपचारिक निर्माण घोषणा गरियो । फिल्मलाइ अर्पण थापाले निर्देशन गर्नेछन् । कथा तथा पटकथा पनि थापाको नै रहने मात्रै छैन लिड कलाकारमा पनि अर्पण नै रहनेछन् ।

कार्यक्रममा बोल्दै निर्माता खनालले अर्पणले चित्तबुज्दो स्कृप्ट प्रस्तुत गरेको र ‘हरर’ जनराको यो फिल्मको निर्देशनमा उहाँ नै फिट देखेकोले सबै जिम्मा सुम्पेको बताए । प्रस्तुतकर्ता रहेकी शर्मिला पाण्डेले पनि अर्पणको कथा र निर्देशनमा ‘हरर’ जनरामा नेपाली फिल्ममा नयाँ आयाम आउने विश्वास व्यक्त गरिन् ।

फिल्ममा अर्पण बाहेक अन्य कलाकार को रहने भन्ने तय भएको छैन । फागुनमा फ्लोरमा जाने यो फिल्ममा दुई हिरोइन रहने बताइएको छ कलाकारको खोजी भइरहेको छ । फिल्मलाई निरज कंडेलले छायाँकन गर्नेछन् । निर्माता रहेका खनाल यसैपनि नेपाली फिल्म उधोगमा सफल निर्देशकको पहिचान बनाएका निर्देशकमा गनिन्छन् । अब खनाल र अर्पणको टिमअप कस्तो रहनेछ त्यो भने हेर्न बाँकी छ ।

उता सुरज पनि लभ लभ लभ’ फिल्मको अभिनयपछि पहिलो पटक निर्माणमा जुटेका अभिनेता हुन् । आफ्नो अभिनय बीना निर्माणको अनुभव सँगै नेपाली फिल्म उधोगमा एक सफल निर्माताको छबि बनाउने आफ्नो ध्येय रहने सुरजले बताए ।

Comments