Logo

नम्बर वान ट्रेण्डिङमा एञ्जिलाको ‘ओइ’ ! (भिडियो)

भाइव एण्ड वेभ स्टुडियोको तर्फबाट निर्माण भएको गीत ‘ओइ’ले नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थान ओगट्न सफल भएको छ । रिलिजको दिनदेखि नै उत्कृष्ट पाँचमा स्थान जमाएको यो गीत बिहिबार नेपाल ट्रेण्डिङको पहिलो स्थानमा आएको छ ।

उदयिमान गायिका एञ्जिला रेग्मीले फिमेल भर्सनमा स्वर भरेको गीतको मेल भर्सनमा उनलाई नविन रावल र वादल थापाले साथ दिएका छन् । गीतलाई रिलिजको ६ दिन हुँदैगर्दा हालसम्म १९ लाख बराबर भ्यूज मिलेको छ । ४० हजार लाइक मिल्दा २ हजार बराबर कमेन्ट ब्यक्त छन् ।

गीतमा संगीत नविन रावलको छ भने शब्द मिलन बिष्टको छ । राहुल शाहको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतको भिडियोमा भने राहुलसँगै सुनिल क्षेत्री, एलिशा शर्मा, अरुण क्षेत्री लगायत फिचर छन् । छायाँकन तथा सम्पादन पवन सुस्लिङको छ ।

Comments