रिलिज अगाबै युट्युवमा ‘जय श्री दाम’ ! (भिडियो)
कमेडी तथा थ्रिल जनरमा निर्मित फिल्म ‘जय श्री दाम’ को प्रिभ्यु भिडियो सार्वजनिक गरिएको छ । यो फिल्म यहि पौष २० बाट मात्रै हलमा लाग्नेछ तर निर्माण टिमले प्रिभ्यू भन्दै पहिलो हाफको १५ मिनेट फिल्म कार्यक्रम नै गरेर रिलिज गरेको छ ।
युट्युवमा दर्शकले फिल्मको प्रिभ्यू देख्न पाउनेछन् । कुनै पनि फिल्म रिलिज अगााबै प्रचारको बहानामा यो प्रकारको प्रयोग गरेको नेपाली फिल्म उधोगमै सायद यो पहिलो पटक हो । निर्देशक बिप्लप उप्रेती यो प्रकारको प्रयोगमा कन्फिडेन्स देखिएका छन् । ‘कुनै लप्पन छप्पन’ अनि कसैको सिको गरेर फिल्म बनाइएको होइन्, उप्रेतीले भने, ‘दर्शकले हाम्रो १५ मिनेट मन पराउनुभयो भने उहाँहरु पक्कै हल पुग्नुहुन्छ ।’
‘यसले फिल्मको सब्जेक्टलाई प्रस्ट्याउछ साथै दर्शकमा कौतुहलता पनि बढाउँछ’ उप्रेतीले बताए । यसअघि कमल खत्रीको चर्चित गीत ‘आत्मामा’को भिडियो निर्देशन गरेका उप्रेतीको यो डेब्यु निर्देशन हो । पृथ्वी उप्रेती र मनोज उप्रेतीद्वारा निर्मित फिल्ममा अमृत ढुंगाना , जेबिका कार्की , प्रमोद अग्रहरी , रञ्जन खतिवडा र बिनोद न्यौपानेको अभिनय रहेको छ ।
निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा मित्र डि गुरुङको सम्पादन छ भने रविन आचार्य डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । यो फिल्ममा संगीत सुशान्त गौतमको छ ।
मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको ‘जय श्री दाम’मार्फत फिल्म शिक्षा अध्ययन गरिरहेका उप्रेतीले निर्देशनमा डेब्यू गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह- निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।