Logo

अनमोललाई अशोकले पछि पारेः नम्बर वान ट्रेण्डिङमा ‘चौरीको चाम्रो छुर्पी’ !

नेपाली युट्युव ट्रेण्डिङमा यतिबेला ‘अप एण्ड डाउन’को प्रतिस्पर्धा चलिरहेको छ । बिहिबार मात्रै रिलिज भएका दुई फरेक परिवेशका गीत अघि र पछिको दौडमा छन् । रिलिजको ८ घण्टामै स्टार अभिनेता अनमोल केसीको फिल्म ‘क्याप्टेन’को गीतले नेपाल ट्रेण्डिङमा आफुलाई पहिलो स्थानमा उभ्याएको थियो ।

त्यसको २० घण्टा नबित्दै अनमोलको गीत दोश्रो स्थानमा झरेको छ । हिजै रिलिज भएको सामाजिक सञ्जालबाट भाइरल बनेका बाल गायक अशोक दर्जीको गीत’ चौरीको चाम्रो छुर्पी’ यतिबेला अनमोललाई पछि पार्दै नेपाल ट्रेण्डिङमा पहिलो स्थानमा आएको छ । नेपालसँगै कतारमा पनि पहिलो स्थानमा रहेको अशोकको गीत विभिन्न खाडी मुलुकमा अनमोल भन्दा माथी पाइएको छ ।

दर्जीको गीतलाई १० लाख बढि भ्यूज आउँदा केहि घण्टापछि रिलिज अनमोल स्टारर ‘रहर छ सँगै’ बोलको गीतले यो समाचार तयार गर्दासम्म करिब ७ लाख् भ्यूज पाएको छ । अनमोलको गीतलाई २७ हजार बराबरले लाइक गरेका छन् भने ४ हजार बढि कमेन्ट ब्यक्त छन्, उता दर्जीसँगै संगीतकार टंक बुढाथोकी फिचर गीतमा हालसम्म ७७ हजार बढि लाइक र १४ हजार बराबर कमेन्ट पाइएको छ ।

यस्तै बिहिबार नै रिलिज भएको अर्का स्टार अभिनेता प्रदिप खड्काको फिल्म ‘लिलिबिली’ले पनि आफुलाई नेपाल ट्रेन्डिङको चौथो स्थानमा उभ्याएको छ । यो फिल्मलाई हालसम्म १२ लाख पटक हेरिएको छ ।

क्याप्टेन गीतः

अशोक दर्जीको गीतः

प्रदिप खड्का स्टारर फिल्मः

https://youtu.be/EMWrfdXqJZA

Comments