दुई सुन्दरीको कथामा मारुनीः पुष्पसँग साम्राज्ञी र रेबिकाको जोडी
दुई सुन्दरी युवतीको कथामा आधारित रहेर फिल्म ‘मारुनी’ बन्ने भएको छ । राजधानीमा आयोजित एक पृथक कार्यक्रमका बीच निर्माण कम्पनि पुनम इन्टरटेन्मेन्टले फिल्मको औपचारिक निर्माण घोषणा गर्यो ।
मंगलबार साँझ गैरीधारा स्थित एक पार्टी प्यालेसमा ‘र्याम्प-क्याटवाक’ सहित निर्माण टिमले कलाकारलाई प्रस्तुत गर्यो । नवल नेपालले निर्देशन गर्ने फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ लिड रोलमा हुनेछन् । रेबिकाको लागी यो डेब्यू फिल्म रहनेछ ।
माघ दोश्रो साताबाट फ्लोरमा जाने फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्नेछ । निर्देशक नवलले हरेक ठाउँमा अनि हरेक आकार प्रकारमा गरिने र उत्पन्न हुने प्रेमले आखिरमा मुटु नै छुने हो भन्दै हरेक दर्शकको मनमुटुमा बस्ने फिल्म बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
काठमाडौं र बाँकेमा खिचिने ‘मारुनी’लाई सञ्जय लामाले खिच्नेछन् । फिल्म निर्माणमा पूनमलाई अजय पोखरेल र राजा प्रधानले साथ दिनेछन् । उल्लेखित कलाकारसँगै सायरा आचार्य, स्वर्णिम पौडेल, आभाष सिंह र सौर्य अधिकारी फिल्मका अन्य कलााकर छन् ।