Logo

‘२.०’ ले कमायो तीन दिनमै २ सय करोड !

यतिबेला भारतको चर्चित अनि पछिल्लो तीन बर्ष यताकै सर्वाधिक प्रतिक्षित फिल्म ‘२.०’ हलहरुमा प्रदर्शनरत छ । भारतमा मात्र नभइ संसारका विभिन्न देशमा चर्चा र परिचर्चा कमाइरहेको फिल्मले बक्सअफिसमा पनि राम्रै कमाइको सुरुवात गरेको छ ।

५ सय ५० करोडको लागतमा बनेको फिल्मले प्रदर्शनमा आएको तीन दिनमा २ सय करोड ग्रस बिजनेस गरेको छ । आइतबार बिदाको दिन पर्दै गर्दा भारतिय बक्सअफिसमा यो फिल्मले थप कमाल गर्न सक्नेछ ।

पहिलो दिन भारतमा ८२ करोड ग्रस बिजनेस गरेको फिल्मले दोश्रो दिन ६० करोड ५० लाख र तेश्रो दिन ७० करोड ग्रस कमाइ गर्यो । सबैजोड्दा फिल्मले सुरुवाती तीन दिनमा २ सय १५ करोड ५० लाखको ग्रस बिजनेस गरेको छ ।

फिल्मले नेट बिजनेस भने १ सय ६७ करोड गरेको छ । यो रकम मात्रै निर्माताले पाउने सेयर हो । फिल्मले नेपाली बक्सअफिसमा पनि दमदार कमाइ गरिरहेको छ । रजनिकान्त र अक्षयकुमारसँगै एमी ज्याकसन स्टारर फिल्मलाई शंकरले निर्देशन गरेका छन् ।

Comments