Logo

यस्तो छ अक्षय र रजनिकान्तको ‘२.०’ पहिलो दिने कलेक्सन

साउथ सुपरस्टार रजनिकान्त र बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म ‘२.०’ले यतिबेला भारतमात्र नभइ संसारका अधिकांश सिने नगरी गर्माएको छ । फिल्मलाई दर्शक र समिक्षकले उत्कृष्ट बोल्दा वर्ड अफ माउथ बढ्दो छ ।

पहिलो दिन यो फिल्मले भारतमा हिन्दी भर्सनमा २० करोड २५ लाखको बिजनेस गरेको छ । कुनै पनि बिदा र फेस्टिवल नपर्दा पनि ‘डब्ड’ फिल्मले गरेको यो प्रकारको ओपनिङ उत्कृष्ट रहेको बलिउड मिडियाले लेखेका छन् ।

फिल्मको अग्रिम टिकट बिक्री पनि हिन्दी भर्सनलाई ढिला बएको बताइएको छ । ५ सय ५० करोड लागतमा बनेको यो फिल्मले भारतमा पहिलो दिन सबै (हिन्दीम, तेलुगु र तामिल) भाषामा गरी ७२ देखि ७६ करोडको बीचमा बिजनेस गरेको कोइमोइ डटकमले लेखेको छ ।

शंकरको निर्देशनमा बनेको फिल्म भारतमा सर्वाधिक प्रतिक्षा गरिएको फिल्म हो । यमी ज्याक्सन फिल्मकी लिड हिरोइन हुन् ।

Comments