नेपाली पहिचान बोकेर कोरिया यात्रामा चार मोडल
कोरियाको इन्चियन शहरमा आयोजना हुने ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली शनिबार कोरिया प्रस्थान गरेका छन् ।
कोरियोको इन्चियोनको सोङडोमा हुने ग्राण्ड फिनालीमा सहभागी हुन उनीहरु त्यस तर्फ उडेका हुन् । २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म कार्यक्रममा उनिहरुले नेपाली पहिचान झल्काउने कला प्रस्तुत गर्नेछन् ।
नेपालको प्रतिनिधित्व गरिरहेका मध्ये अदिति अधिकारी ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन् । रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फर्स्ट रनर अप र थर्ड रनरअप विजेता हुन् ।
अर्का सहभागी विक्रम अदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन् । उनी २०१८ कै एशिया मोडल फेस्टीवल फेस अफ नेपाल विजेता पनि हुन् । सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका हुन् ।