Logo

‘रुमालै छ चिनो’को ‘ए माया’ रिलिज (भिडियो)

रिलिज मिति तय भइनसकेको फिल्म ‘रुमालै छ चिनो’ ले प्रचारप्रसार थालेको छ ।फिल्ममा समावेश ‘ए माया’ बोलको पहिलो गित हालै सार्वजनिक गरिएको छ ।

चर्चित संगीतकार तथा गायक अर्जुन पोखरेल र गायिका अन्जु पन्तको आवाजमा रहेको यस गीतको शब्द अर्जुन पोखरेल र रेशम थापाले लेखेका हुन्। कुनै बेलाका चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस फिल्मको नाम राखिएको हो।

गीतको फ़िचरिङ्गमा नायक शुशान्त कार्की र नायिका अप्सना थापा रहेका छन्।लोक शैलीमा निर्माण गरिएको यस गितको छायांकन बिनोद सापकोटाले गरेका हुन् भने सम्पादनमा शिव थारु रहेका छन् त्यस्तै भिएफ़्क्समा श्री कृष्ण श्रेष्ठ छन् ।

चलचित्रको कथा बस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने किशोर खतिवडा , संचिता लुइँटेल , सुशान्त कार्की , अफ्शाना थापा , रश्मी भट्ट , मिथिला शर्मा , सुरबीर पण्डित , लक्षमण बिक्रम बस्नेत , सुरज महरा , सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय फिल्ममा समावेश छ। ज्योती फिल्मसको ब्यानरमा बनेको यस फिल्मलाई चन्द्र ब खड्का,दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् ।फिल्मलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् ।

Comments