हलमा चिप्लेको ‘सायद २’ले युट्युबमा पल र पूजालाई उछिन्यो ! (दशैं ट्रेण्डिङ)
गत वर्ष असारमा एकै मितिमा प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘सायद २’ र ‘म यस्तो गीत गाउँछु’ एकैमितिमा सोसियल मिडियामा आएका छन् । दुई फरक फिल्म फरक च्यानलबाट युट्युबमा रिलिज भएका हुन् ।
हलमा ‘सायद २’ माथि पकड जमाएको पल शाह र पूजा शर्मा स्टारर ‘म यस्तो गीत गाउँछु’लाई युट्युबमा भने ‘सायद २’ ले उछिनेको छ । एकै मितिमा (अक्टोबर १५) आएका दुइ फिल्म क्रमश: नेपाली ट्रेण्डिङको पहिलो र दोश्रो स्थानमा छन् ।
रिलिजको चौंथो दिनसम्म आइपुग्दा समाचार तयार हुँदासम्म ‘सायद २’ लाई हालसम्म ९ लाख ६० हजार पटक हेरिएको छ भने सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु’लाई जम्मा ५ लाख र केही बढी पटक हेरिएको छ । पुष्पराज न्यौपाने निर्देशित ‘सायद २’ मा सुशील श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुङ्गाना लगायत लिड रोलमा छन् । युवा पुस्ता लक्षित फिल्म दशैंको छेकोमा पहिलो रोजाई बनेको छ ।
सायद २:
म यस्तो गीत गाउँछु:
https://youtu.be/u1VeTPD90tU