Logo

‘माया नमार’ भन्दै आए मनोज र ससिका !

गीतकार तामाङ इन्दुको शब्द समावेश ‘माया नमार’ बोलको म्युजिक भिडिया सार्वजनिक भएको छ । पुर्वेली लोकभाका झल्काउने गीतमा देवेश राईको संगीत तथा एरेञ्ज रहेको छ । यस गीतमा मनोज थापा मगर र ससिका राईको स्वर रहेको छ ।

सार्वजनिक गीतमा गाउँबेशीमा फुल्ने माया पिरतीलाई झल्काएको छ । भिडियोमा उमेश राई फुलन्देको आमाको साथमा गायिका ससिका स्वयमं पनि फिचर छन् । भिडियोमा फरज अर्पणको निर्देशन तथा सम्पादन छ ।

Comments