Logo

हमलापछि धमला परिवारमा झगडा ! (भिडियो)

केहि दिन पहिले एक टेलिभिजन कार्यक्रम ‘धमलाको हमला’मा पत्रकार ऋषि धमलाले अभिनेत्री पत्नि एलिजा गौतमलाई उत्र्याए । उक्त अन्तर्वार्ता युट्युवसम्म पुग्दा भारल बन्यो । धमलाले आफ्नै पत्निमाथी हमला गरे कि अन्तर्वार्तामा पत्निले नै हमाला गरिन् भन्ने कुरा यतिबेला चर्चामा छ ।

उक्त शो मा गरिने प्रश्नमा कारण बेला बेलामा विवादमा समेत आउने धमलाले यो पटक श्रीमतीलाई नै उपस्थित गराएर प्रदर्शनको क्रममा रहेको फिल्म ‘अनुराग’ (असोज १२ रिलिज) को बारेमा पनि चर्चा गरे । विवाहित युवतीले फिल्म खेल्दा आकर्षण नहुने लगायतका प्रश्न पत्निमाथी तेर्साउँदा एलिजाले प्रश्न नै गलत र असान्दर्भिक भएको प्रकारको जवाफ फर्काइन् ।

उक्त अन्तर्वार्तापछि परिवारमा समेत ‘लफडा’ चलेको प्रकारका गसिप र समाचारहरु यतिबेला आइरहँदा त्यसपश्चात एकै अन्तर्वार्तामा धमला पति पत्नि देखिएका छन् जहाँ एलिजाले आक्रोस पोखेकी छिन् भने धमलाले फकाउने प्रयास गरेका छन् ।

हेर्नुहोस रमाइलो अन्तर्वार्ताः

Comments