Logo

दक्ष महिला मेकर खोज्न ६ दिने वर्कसप

नेपाली फिल्म मेकिङमा दक्ष महिलाको खोजी भन्दै पाँच दिने फिल्म मेकिङ कार्यशाला हुने भएको छ । फिल्म निर्माणसँगै यो सँग जोडिएका विधाहरु कलाकारिता, निर्देशन, प्राविधिक सबै क्षेत्रलाई समेट्दै सम्बन्धित विधामा उपयुक्त आधारभुत सैद्धान्तिक,प्राबिधिक तथा प्रयोगात्मक ज्ञान दिने हेतुले ‘हर –स्टोरी’ नाममा वर्कसप गर्न लागिएको हो ।

ओनीयन फिल्मसको आयोजनामा ६ दिनसम्म काभ्रेको धुलिखेलमा हुन लागेको आवासीय वर्कसपमा नेपाल भरबाट इच्छुक १८ बर्ष देखि ३५ बर्ष उमेर समुहका महिलाले अनलाईन मार्फत आवेदन दिन सकिने आयोजकले बताएको छ ।

सहभागीहरुले नेपाली चलचित्रका ख्याति प्राप्त ब्यक्तित्व तथा कलाकारहरुबाट सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गर्ने ओनियन फिल्मका निर्देशक गोबिन्द शिवाकोटीले बताए । कार्यक्रममा जम्मा २५ जनाको सहभागीता रहनेछ । वर्कसप आगामी ३० अक्टोबरदेखि ४ नोभेम्बरसम्म चल्नेछ ।

(वर्कसपमा सहभागी हुन चाहनेहरुले समाचारसँग सम्बन्धित तश्विरमा उल्लेख भएको ठेगानामा अक्टोबर ४ तारिख भित्रै सम्पर्क गर्नुपर्नेछ।)

Comments