Logo

युट्युव ट्रेण्डिङको पहिलो स्थानमा ‘ग्याङ्गस्टर ब्लूज’, नयाँ प्रोजेक्टको तयारीमा निर्माता न्यौपाने

गत बर्षको भदौमा रिलिज फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ वर्ल्डवाइड रिलिज भएको छ । सोसियल नेटवर्क युट्युव मार्फत ओएसआर डिजिटलले फिल्मलाई वर्ल्डवाइड रिलिज गरेको हो । अपलोड भएको दुई दिनमा नै फिल्मले युट्युवमा आक्रामक भिजिट पाएको छ ।

४८ घण्टा बित्दै गर्दा यो फिल्म यतिबेला नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थानमा छ । हेमराज बिसीको निर्देशनमा तयार यो फिल्मलाई समाचार तयार पार्दासम्म करिब ११ लाख पटक हेरिएको छ । युट्युवमा फिल्मलाई हालसम्म १९ हजार लाइक ब्यक्त हुँदा ३ हजार बढिले कमेन्ट गरेका छन् ।

लिड कलाकारहरु आशिरमान देशराज जोशी, संयम पुरीसँगै निर्माता सरोज न्यौपानेले युट्युवमा फिल्मप्रति दर्शकले देखाएको माया र साथलाई विभिन्न सामाजिक सञ्जाल मार्फत खुशी साटेका छन् ।

नेपाली फिल्म उधोगको लागी उदाउँदो नक्षत्र मानिएका आशिरमानको यो डेब्यू फिल्म हो । आना शर्मा लिड हिरोइनमा छिन् । मनिष पण्डित कार्यकारी निर्माता रहेको फिल्ममा अनुपम शर्मा, रोजिशा शाही, प्रमोद अग्रहरी लगायत लिड अभिनयमा छन् ।

निर्माता न्यौपानेले ‘ग्याङ्गस्टर ब्लूज’ रिलिजको एक बर्ष बित्दैगर्दा अब नयाँ फिल्म निर्माणको कसरत चलिरहेको बताए । लभस्टोरी र युवापुस्ता लक्षित फिल्म नै मेरो पहिलो प्राथमिकता हो न्यौपानेले भने, ‘अबको प्रोजेक्ट पनि सोहि प्रकारको कथा आसपास घुम्नेछ ।’

हेर्नुहोस पुरा फिल्मः

Comments