Logo

जापान अवार्डः पल र पूजा उत्कृष्ट, अनमोल र साम्राज्ञीलाई पपुलर अवार्ड

नेपालमा आइतबार एलजी सिने सर्कल अवार्ड सकिँदा जापानमा एकै मितिमा सुर्य इन्टरनेशनल अवार्ड सम्पन्न भयो । अवार्ड समारोहमा बर्ष २०७४ को उत्कृष्ट फिल्म ‘म यस्तो गीत गाउँछु’ बन्दा सोहि फिल्मले मुख्य विधामा बर्चस्व कायम गर्यो ।

निर्देशक तर्फ सुदर्शन थापा सोहि फिल्मबाट अवार्डेड हुँदा लिड कलाकार पल शाह र पूजा शर्माले पनि अवार्ड चुमे । भोटिङको आधारमा गरिएको भनिएको अवार्डमा अन्य चार प्रतिस्पर्धीलाई दुबैले पछि पारे ।

यस्तै सह-अभिनेतातर्फ फिल्म ‘ऐश्वर्य’ बाट प्रशान्त ताम्राकार र सह-अभिनेत्रीतर्फ बर्षा राउतले ‘छक्का पञ्जा २’ बाट अवार्ड आफ्नो हातमा पारिन् भने मास​ प​पुल​र​ अवार्ड ‘कृ’ बाट अभिनेता अनमोल केसी र ‘ए मेरो हजुर २’ बाट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पाए । यस्तै आयोजकले नै बाँडेको यो बिधाको निर्देशक तर्फको अवार्ड ‘शत्रुगते’बाट प्रदिप भट्टराईले हात पारे । फिल्ममा ‘छक्का पञ्जा २’ रह्यो ।

यस्तै नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड-२०१८ प्रदान गरियो भने लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सकृय अभिनेता भुवन केसीलाई सुर्य कलाकरिता सम्मान-२०१८ प्रदान गरियो ।

निरन्तर चलचित्र पत्रकारितमा कलम चलाउँदै आएका समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता-२०१८ बाट पुरस्कृत गर्दा फोटो पत्रकार श्रीधर पौडेललाई नगद १५ हजार सहित फोटो पत्रकार विधामा पुरस्कार प्रदान गरियो । पौडेल भने कार्यक्रममा उपस्थित रहेनन् ।

वार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्कृष्ट घोषित भएका छन् । यस्तै पपतर्फ कमल खत्री गायक र गायिका इन्दीरा जोशी उत्कृष्ट भएका छन् । यता आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई उत्कृष्ट गायक गायिका घोषित भएका छन् ।

Comments