Logo

‘रोज’को बिजनेसले करियरमा असर गर्दैनः प्रदिप खड्का

यो शुक्रबारबाट संभवत २०७५ कै सर्वाधिक ठुलो क्लास सुरु भयो दुई फिल्म ‘रामकहानी’ र ‘रोज’ बीच । दुबै फिल्म प्रदर्शनको पहिलो तीन दिन पुरा गरेर चौथो दिनमा रनिङ छन् । संभावनावान मानिएका दुई फिल्मको टकराबले दर्शक विभाजित आशातित बिजनेस दुबैको हुन सकेको छैन ।

यो कुरा ‘रोज’ लिड ब्वाइ प्रदिप खड्का पनि स्विकार्छन् । हालै एक अन्तर्वार्तामा प्रदिपले एउटा मात्र फिल्म रिलिज हुँदा र चर्चाका दुई फिल्म एकसाथ रिलिज हुँदा व्यापारिक प्रभाव परेको स्विकार्दै ‘वर्ड अफ माउथ’ बढ्ने र अपकमिङ बिदाले आफ्नो फिल्ममा दर्शकको साथ थप बढाउने अपेक्षा राखे ।

फरक प्रश्नमा प्रदिपले ‘रोज’को वक्स अफिस कलेक्सनले आफ्नो करियरमा त्यस्तो अफ्ठ्यारो नपार्ने दाबी गरेका छन् । शुक्रबार शनिबारको बिजनेस राम्रो भएको र वर्ड अफ माउफ राम्रो गएको भन्दै प्रदिपले आफुले फरक विषयको अभिनयमा पनि निर्माता निर्देशकलाई कन्फिडेन्स दिएको बताए ।

अभिनयमा ‘भेरियसन’ दिन प्रयास गरेको र सक्सेस पनि भएको भन्दै उनले आफ्नो करियरमा ‘रोज’ झन प्लस प्वाइण्ट भएको दाबी गरे । ‘रोज’को दौडधुप सकाएसँगै प्रदिप अब नयाँ फिल्म ‘लभ स्टेशन’को लागी जुटेका छन् ।

रङ्ग पत्रकार सचित खड्काले प्रदिपसँग गरेको कुराकानी भिडियोमा हेर्नुहोसः

Comments