Logo

पर्दामा स्टारडमको लडाइँ, ‘रोज’ भर्सेज ‘रामकहानी’ कसको पल्लाभारी ?

फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी शुक्रबारबाट दुई फिल्म प्रदर्शनमा आएका छन् । दर्शकमाझ आएका दुई फिल्म ‘रोज’ र ‘रामकहानी’ बीचको भिडन्त संभवतः यो बर्षकै ठुलो क्लास हो ।

रोचक कुरा त के छ भने ‘प्रेमगीत’बाट आफ्नो ‘पपुलारिटी गेन’ गरेका दुई कलाकार प्रदिप खड्का र पूजा शर्मा यो पटक एक आपसमा भिड्दैछन् । हिट फिल्मका यी दुई कलाकारलाई एकसाथ पुनः पर्दामा खोजिरहेका दर्शकमाझ प्रतिस्पर्धी बनेर देखिँदा कसको पक्षमा पल्लाभारी हुन्छ भन्ने कुरा यतिबेला रोचकताका साथ चर्चामा छ ।

‘रोज’

‘रोज’मा प्रदिप खड्काले परमिता आरएल राना र मिरुना मगरसँग जोडी बाँधेका छन् । लभस्टोरी क्राइम थ्रिलर जनरा बोलेको फिल्मको सार्वजनिक प्रचार कन्टेन्टहरुमा प्रदिपलाई प्रेमिका हत्या गरेको प्रेमीको रूपमा देखाइएको छ ।

लभर ब्वाइमा फिट देखिएका प्रदिपले यो पटक क्यारेक्टरमा नयाँपन ल्याउँदैछन् भने केहि नयाँ प्रस्तुतीका साथ ‘रिस्क’ पनि मोलेका छन् ।

निरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मुभिजले निर्माण गरेको हो । फिल्म देशभरका मल्टिप्लेक्स तथा सिंगल स्कृनमा ७० बराबर पर्दामा एकसाथ प्रदर्शनमा आएको निर्माण टिमले बताएको छ । गोविन्द शाहीले फिल्मको वितरणको जिम्मा लिएका छन् ।

‘रामकहानी’
लभस्टोरी जनराको फिल्म बनाउन माहिर मानिने सुदर्शन थापाले यो पटक कमेडी प्याटनमा आफुलाई उभ्याएका छन् ‘रामकहानी’ मार्फत । सुदर्शनले अभिनेत्री पूजा शर्मासँग मिलेर निर्माण गरकेो फिल्ममा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन बिक्रम राई लगायत लिड अभिनयमा छन् ।

फिल्मको यसअघि सार्वजनिक ट्रेलर तथा गीतले राम्रै ‘हाइप’ बनाएको छ । सुनिल मानन्धरले वितरण गर्ने फिल्म देशभर ६ दर्जन बराबर हलहरुमा प्रदर्शनमा आएको मानन्धरले बताए । यतिबेला सामाजिक सञ्जालमा सर्वाधिक बिकाउ बनेको जोडी पूजा र आकाशलाई हलमा दर्शकले कति साथ दिन्छन् भन्ने कुरा प्रतिक्षाको बिषय बनिरहेको छ ।

मल्टिप्लेक्समा दुबै फिल्मले आफ्नो उपस्थितीलाई अब्बल बनाउँदा इनिसियल बिजनेसमा को अघि र को पछि हुन्छ त्यो शुक्रबार र शनिबारको बिजनेसले बताउनेछ । स्टारको उपमा पाएका कलाकारहरुको भिडन्तले कुन मोड लिन्छ ब्यापारिक रुपमा को सफल हुन्छ जान्नको लागी पनि केहि दिन पर्खिनुको बिकल्प नहोला

यो पनि पढ्नुहोस्ः

युट्युव क्रेज हलमा उतार्ने चुनौती, सफल होलिन् पूजा ?

भिडियोः

Comments