Logo

२० लाख पारिश्रमिकमा आइमार्स् मोबाइलको ब्राण्ड एम्वेस्डर बने अनमोल

युवा स्टार अनमोल केसी पछिल्लो क्रमका सर्वाधिक डिमाण्डेड कलाकार हुन् । फिल्ममा अभिनयदेखि अन्य व्यापारिक घराना तथा यो क्षेत्रसँग सम्बन्धित ब्राण्ड कम्पनिहरुले उनीसँगको सहकार्य बढाउन तथा हातमा हात मिलाउन या भनौँ आफ्नो कम्पनिसँग अनमोल नाम मात्रै जोड्न पनि तछाड मछाड गर्छन् ।

नेपाली फिल्मका सर्वाधिक महङ्गो हिरो अनमोलले कुनै ब्राण्डसँग जोडिँदा पनि सोहि मात्राको महङ्गो पारिश्रमिक लिन्छन् । यो बीचमा हालै मात्रै अनमोल एक मोबाइलको ब्राण्ड एम्वेस्डर नियुक्त भएका छन् । प्राप्त जानकारी अनुसार अनमोलले २० लाख नेपाली रुपैयाँ लिएर आइमार्स् मोबाइलको नेपालको लागी ब्राण्ड एम्वेस्डर बनेका हुन् ।

सोमबार आयोजित एक कार्यक्रमका बीच उक्त मोबाइलको नेपालमा पहिलो पटक लञ्च गरियो । तर बजारमा भने यो मोबाइल दशैँमा मात्र आउनेछ । ओपल मल्टिनेशनल प्रा.लि.को आधिकारिक वितरण मार्फत नेपाली बजारमा आउन लागेको उक्त मोबाइल नेपालमा उपलब्ध हुनेछ । तर कम्पनिले भने अनमोलले यति नै पारिश्रमिक लिएको भनेर आधिकारिक रुपमा रकम खुलाएको छैन् । एक बर्षको लागी अनमोल यो मोबाइलको सद्भावना राजदुत रहनेछन् ।

आइमार्स् अन्तर्गत वृहत प्रोडक्टहरुको रेन्ज हुँदा प्रारम्भिक चरणमा कम्पनीले विभिन्न फिचर फोन तथा स्मार्ट फोनका ६ वटा मोडल मात्र लन्च गर्ने निर्णय लिएको छ । यस अन्तर्गत फिचर फोनका २ मोडल तथा स्मार्ट फोनका ४ मोडल रहनेछन् भने स्मार्ट फोनका ४ मोडलमध्ये एक कम्पनीको फ्याग्शीप मोडल पनि रहेको बताइएको छ ।

पछिल्लो क्रमका लोकप्रिय अभिनेता तथा देशकै सर्वाधिक डिमाण्डेड अनमोल भएकै कारण आफ्नो ब्राण्डसँग उनलाई जोडेको कन्ट्री म्यानेजर सुशील न्यौपानेले बताए । आइमार्स् चाइनाको ‘हेङ् दा ग्रुप’ अन्तर्गतको सञ्चार क्षेत्रमा कार्यरत एक कम्पनी हो । सन् २०१८ मा कम्पनीले आफ्नो प्रोडक्टलाई विश्वव्यापी रुपमा लैजाने निर्णय लिई आइमार्स् नाम अन्तर्गत विभिन्न उत्पादनहरु तथा एक्सेसरिजहरुको बिक्री वितरण गर्न सुरु गरेको कार्यक्रममा जानकारी गराइयो ।

र, यो पनि !

सर्वाधिक महंगो पारिश्रमिक लिँदै ‘क्याप्स’ ब्राण्डको एम्वेस्डर बने अनमोल

Comments