एकसाथ आए ‘बोल माया’का प्रकाश र अञ्जली, सँगसँगै केशब ढुङ्गाना (भिडियो)
पछिल्लो पटक रिलिज ‘बोल माया’ बोलको गीतले नेपाली साँगितिक क्षेत्रमा निकै चर्चा पायो । सामाजिक सञ्जालदेखि मिडियाहरुसम्म यो गीत र गीतमा उठाइएको विषयवस्तुले जति तारिफ पायो त्यतिकै मात्रामा यससँग जोडिएका स्रष्टा र कलाकारले पनि ।
गायक तथा मोडल प्रकाश सपुत पुनः एक पटक यो गीतबाट हिट भए भने सर्वगुणी मोडल अञ्जली अधिकारी अर्की बधाइकी पात्र बनिन् । यतिबेला यी दुईलाई एकसाथ लिएर भिडियो कन्टेन्टहरु बन्ने क्रम बढ्दो छ । यो बीचमा प्रकाश र अञ्जली पुनः एक साथ देखिएका छन् ।
देवि घर्ती र मनोज खड्काको स्वरमा सार्वजनिक ‘बैगुनी’ बोलको गीतमा यी दुई एकसाथ देखिँदै गर्दा सँगसँगै अभिनयमा केशव ढुङ्गाना पनि मुख्य रुपमा फिचर छन् । यसअघि नै ‘झुटो तिम्रो बोली’ र ‘नाच्दा नाच्दै झिल्केले’ बोलको गीती भिडियोमा देखिएका केशबले यो गीतमा बालापनकी अञ्जलीको पीताको भुमिका निभाएका छन् ।
गीतमा संगीत क्षितिज सुनारको छ भने शब्द मनोज खड्काको छ । एरेञ्ज बिनोद बाजुरालीले गरेका छन् । रेशम दर्लामीले खिचेको गीतको भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका छन् । सम्पादन प्रदिप दाहालको छ । बाल कलाकारको रुपमा समर्पण र रविना प्रस्तुत छन् ।