अमेरिकामा ‘नाई नभन्नु ल ५’को सय शो पक्का !
लगातार ५ श्रृखलासम्म बनेको विकासराज आचार्यको निर्देशन तथा हरिबोल भण्डारी र गौरीराज जोशीद्धारा निर्माण गरिएको नेपाली फिल्म ‘नाई नभन्नु ल ५’ अमेरिकामा प्रर्दशन गरिने भएको छ । फिल्मका निर्माताद्धय भण्डारी र जोशीद्धारा आज आयोजित एक कार्यक्रममा अमेरिकाको एक दर्जनभन्दा बढी राज्यहरुमा चलचित्र प्रदर्शन गरिने जानकारी दिए ।
नेपाल ११ ईन्टरटेन्टमेन्टले अमेरिकाको नेपाली बस्ती रहेको शहरहरुमा प्रदर्शनी गरिने जानकारी दिंदै पहिलो शो टेक्सासबाट शुरु गरिने छ । सामाजिक कथामा आधारित फिल्म ‘नाई नभन्नु ल ५’ नेपालमा प्रर्दशनी भएको सन्दर्भमा अमेरिकी बजारमा नेपालीहरुका लागि एक सय वटा शो गरिने बताइएको छ ।
यस चलचित्रको अघिल्लो भाग ३ र ४ पनि अमेरिकामा प्रदर्शन गरिएको सन्दर्भ जोड्दै निर्माता हरिबोल भण्डारीले यस फिल्मबाट आएको मुनाफाको केहि रकम एनआरएनसँग मिलेर सामाजिक काममा पनि खर्च गरिने र अर्को श्रृंखला पनि निर्माण गरिने जानकारी दिए ।
अर्का निर्माता गौराराज जोशीले यस फिल्म डेढ करोडको लगानीमा निर्माण भएकोले निकै राम्रो भएकोले सबै नेपाली समुदायलाई हेरेर सुझाव दिन पनि आग्रह गर्नु भयो । यस चलचित्र नेपालमा चलेको केहि दिनमै निकै राम्रो बजार पाएको छ ।
अमेरिकाबाट होमप्रसाद लम्सालको सहयोगमा